काठमाडौं । मंगलबार सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको ६ हजार ७०० रुपैयाँ बढेको छ । यसैगरी, मंगलबार चाँदीको मूल्य तोलाको १४५ रुपैयाँ बढेको छ ।
मंगलबारको बजारमा चाँदी तोलाको २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो । आइतबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ८६ हजार थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि तोलाको १४५ रुपैयाँ बढेर तोलाको ४ हजार ८४५ रुपैयाँ पुगेको छ । सोमबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो । आइतबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ७२० रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस्