Skip to content

गोल्याण ग्रुपमा अक्षयले गरे गोल्याण टावरमा कर्मचारीसँग पहिलो चरणको वार्ता

nabil bank

काठमाडौं । गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले नेतृत्व सम्हालेपछि संस्थागत कामको शैलीमा परिवर्तन ल्याउने प्रयास सुरु गरेका छन्। सोही क्रममा उनले ‘वार्ता’ नामक कार्यक्रममार्फत कर्मचारीसँग प्रत्यक्ष संवाद गर्ने अभ्यास थालेका छन्।

मंगलबार बिहान सामाजिक सञ्जाल लिंक्डइनमा भिडियोसहित पोष्ट गर्दै ३७ वर्षीय अक्षयले कर्मचारीसँगको अन्तरक्रिया कार्यक्रकको भिडियो सार्वजनिक गरेका हुन्। भिडियोमा उनी कर्पोरेट कार्यालय गोल्याण टावरमा कार्यरत कर्मचारीसँग प्रत्यक्ष छलफल गरेका छन् ।

पोष्टमा उनले कर्मचारीहरूको विचार, प्रश्न र चुनौतीलाई संस्थाको भविष्यका लागि महत्वपूर्ण भन्दै उनीहरूको आवाजले संगठनको वास्तविक शक्ति उजागर गरेको उल्लेख गरेका छन्। ‘तपाईंहरूको आवाज र दृष्टिकोणले हामीसँग भएको वास्तविक शक्ति बोध गराएको छ,’ उनले भने ।

गोल्याणका अनुसार ‘वार्ता’ कार्यक्रममार्फत कर्मचारीका गुनासा, सुझाव र अनुभव सुन्ने तथा त्यसलाई निर्णय प्रक्रियामा समेट्ने लक्ष्य राखिएको छ। ‘अब मेरो प्रतिबद्धता तपाईंहरूले व्यक्त गर्नुभएको विश्वासलाई निर्णयमार्फत विकासमा रूपान्तरण गर्नु हुनेछ,’ उनले थपेका छन्।

करिब ६ दशक लामो इतिहास बोकेको गोल्याण ग्रुपमा हाल करिब १० हजार कर्मचारी तथा मजदुर कार्यरत छन्। नेपालकै ठूलो रोजगारदाता मानिने यस समूहमा पहिलो चरणमा कर्पोरेट कार्यालयका कर्मचारीसँग संवाद सुरु गरिएको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi