Skip to content

लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्य सराहनीय: अध्यक्ष ढकाल

nabil bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अन्तर्राष्ट्रिय समुदायसंगको सहकार्यले लगानी प्रवद्र्धन तथा निजी क्षेत्र विकासमा उल्लेखनीय उपलब्धि हासिल भएको उल्लेख गरेका छन् ।

कूटनीतिक समुदाय तथा विकास साझेदारहरूसँग मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले विगतका वर्षहरूमा महासंघ र वैदेशिक साझेदारहरूबीचको सम्बन्धले नयाँ उचाइ लिएको उल्लेख गरे । उनले नेपालको आर्थिक विकास र निजी क्षेत्रको सशक्तीकरणका लागि अन्तर्राष्ट्रिय विकास साझेदार तथा कूटनीतिक निकायको सहयोग अपरिहार्य रहेको समेत बताए ।

“महासंघ र कूटनीतिक समुदाय तथा विकास साझेदारहरूसँगको सहकार्यले नेपालको निजी क्षेत्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । नीति संवाददेखि लगानी प्रवद्र्धन र क्षमता अभिवृद्धिसम्मका क्षेत्रमा तपाईंहरूको सहकार्यले हामीलाई अघि बढ्न ठूलो मद्दत गरेको छ । महासंघको नयाँ नेतृत्वले पनि कूटनीतिक तथा विकास साझेदारहरूसँगको सम्बन्ध अझ सुदृढ बनाउने छ भन्ने मेरो विश्वास छ ।” अध्यक्ष ढकालले भने ।

कूटनीतिक समुदायले नेपाल र विभिन्न देशहरूबीच आर्थिक सम्बन्ध विस्तार गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष ढकालले व्यापार, लगानी तथा व्यवसाय–देखि–व्यवसाय सम्बन्ध प्रवद्र्धनमा उनीहरूको योगदानले नयाँ अवसर सिर्जना गरेको बताए । अध्यक्ष ढकालले आफ्नो कार्यकालमा विकास साझेदारहरूसँग नजिकबाट
सहकार्य गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै उनीहरूको मार्गदर्शन, खुलापन र रचनात्मक संवादप्रति आभार व्यक्त गरे ।

उनले विशेषगरी विकास साझेदारहरूले नेपालको निजी क्षेत्र, विशेषतः साना तथा मझौला उद्यमहरूको विकास, उद्यमशीलता प्रवद्र्धन तथा संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए । अध्यक्ष ढकालले हरित विकास, सीप विकास, नवप्रवर्तन र समावेशी व्यवसायका क्षेत्रमा भएका संयुक्त प्रयासले सकारात्मक परिणाम देखाउन थालेको उल्लेख गरे ।

उनले नेपाल उद्योग वाणिज्य महासंघ देशको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन भएको उल्लेख गर्दै उनले सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारबीच पुलको रूपमा महासंघले निरन्तर काम गर्दै आएको जानकारी दिए । उनले आफ्नो कार्यकालमा महासंघले नीति पैरवी सशक्त बनाउने, सरकारसँगको संवाद प्रभावकारी बनाउने तथा लगानीमैत्री वातावरण निर्माण गर्ने दिशामा काम गरेको जानकारी दिए । साथै स्टार्टअप, डिजिटल अर्थतन्त्र र हरित व्यवसायजस्ता उदीयमान क्षेत्रमा पनि महासंघले ध्यान केन्द्रित गरेको उनले बताए ।

उनले चुनौतीपूर्ण समयमा समेत अन्तर्राष्ट्रिय समुदायले नेपाललाई निरन्तर साथ दिएको उल्लेख गर्दै यसले नेपालप्रतिको विश्वास र प्रतिबद्धता झल्काएको धारणा राखे । साथै नेपाल अहिले आर्थिक विकासको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि थप लगानी प्रवद्र्धन, साझेदारी र निरन्तर सहकार्यको आवश्यकता रहेको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi