Skip to content

राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न अर्थमन्त्री वाग्ले उच्चस्तरीय छलफल गर्दै

nabil bank

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न आज अर्थमन्त्रालयमा उच्चस्तरीय छलफल गर्ने भएका छन् ।

मन्त्रीले आज बिहान ११ बजेका लागि बैठक बोलाएको मन्त्रीको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री कार्यालय, अर्थ, गृह, राजश्व सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख सहभागी हुने बताइएको छ ।

राजश्व छली र चोरी पैठारी नियन्त्रण तथा कानून कार्यन्वयनका विषयमा अर्थमन्त्री वाग्लेले बैठकमा महत्वपूर्ण निर्देशन दिने भएका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi