Skip to content

इन्धनको मूल्य वृद्धि र अन्तर्राष्ट्रिय संकटले हवाई सेवा सञ्चालनमा चुनौती

nabil bank
काठमाडौं । खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण नेपालको पर्यटकीय सिजनमा प्रत्यक्ष प्रभाव परेको छ। विदेशी पर्यटकहरूले पूर्व बुकिङ गरेका हवाई टिकटहरू समेत धमाधम रद्द भइरहेका छन्, जसले पर्यटन तथा हवाई सेवा क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको छ।
बुद्ध एयरले आज जारी गरेको प्रेस विज्ञप्तिमा हालै हवाई इन्धन शुल्कमा भएको वृद्धि अप्रत्याशित मात्र नभई अहिलेसम्मकै उच्च रहेको जनाएको छ। स्वचालित रूपमा भएको इन्धन मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव हवाई भाडादरमा परेको विज्ञप्तिमा उल्लेख छ। साथै, वर्तमान अवस्थामा गरिएको भाडा समायोजन प्रचलित नियमअनुसारकै भएको कम्पनीले स्पष्ट पारेको छ।
बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले यस्तो प्रतिकूल परिस्थितिमा पनि अत्यन्त संयमता अपनाउँदै न्यूनतम स्तरमै भाडादर वृद्धि गर्नुबाहेक अन्य विकल्प नरहेको बताउनुभएको छ। उहाँका अनुसार हवाई सेवाको कुल सञ्चालन लागतको करिब ४० प्रतिशत हिस्सा इन्धनमै खर्च हुने गर्दछ, तर हालको मूल्यवृद्धिपछि यो अनुपात झन्डै ५० प्रतिशत हाराहारीमा पुगेको छ।
यससँगै अमेरिकी डलरको मूल्यवृद्धिका कारण जहाजका पार्टपुर्जा, मर्मतसम्भार, प्राविधिक जनशक्तिको तालिम तथा अन्य आवश्यक खर्चहरू समेत उल्लेखनीय रूपमा बढेका छन्। हालको परिस्थितिमा इन्धनको मूल्य सामान्य हुन समय कुर्नु बाहेक अन्य विकल्प नरहेको कम्पनीले जनाएको छ। स्थिति सामान्य बन्दै जाँदा पर्यटन क्षेत्र पुनः सशक्त रूपमा उभिने विश्वास पनि व्यक्त गरिएको छ।
पर्यटन क्षेत्रले रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै निजी क्षेत्र र सरकारले सहकार्य गर्दै यस क्षेत्रलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ। यी सबै चुनौतीपूर्ण परिस्थितिका बीच पनि बुद्ध एयर नवनिर्वाचित सरकारसँग सहकार्य गर्दै हवाई सेवा तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमा प्रतिबद्ध रहेको जनाएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi