Skip to content

चालु खाता साढे ५ खर्ब, शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब बचतमा 

वैदेशिक लगानी १० अर्ब ८४ करोड भित्रियो

nabil bank

काठमाडौं । चालु् आर्थिक वर्षको ८ महिनासम्ममा चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोड रुपैयाँले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ९७ अर्ब ३ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा गत वर्षको सोही अवधिमा १ अर्ब ४६ करोडले बचतमा रहेको चालु खाता चालु आवको सोही अवधिमा ३ अर्ब ८८ करोडले बचतमा रहेको छ । यो अवधिमा खुद पुँजीगत ट्रान्सफर १२ अर्ब ५९ करोड रहेको छ । गत आवको वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर आय ६ अर्ब ४१ करोड रहेको थियो ।

फागुन मसान्तसम्म १० अर्ब ८४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब ४७ करोड रहेको थियो ।

फागुन मसान्तसम्म शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४ अर्ब ६१ करोडले बचतमा रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi