काठमाडौं । स्मार्ट होम एप्लायन्स ब्रान्ड माइडियाले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा न्यु इयर न्यु भाइब अभियान सार्वजनिक गरेको छ।
नयाँ वर्षलाई नयाँ ऊर्जा, नयाँ सुविधा र नयाँ जीवनशैलीसँग जोड्ने सोचका साथ ल्याइएको यस अभियानले उपभोक्तालाई आकर्षक अफरहरूसँगै मूल्यवान खरिद अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
यस अभियानअन्तर्गत माइडिया का विभिन्न उत्पादनहरू खरिद गर्दा ग्राहकहरूले ३७ हजार ७०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
साथै, उत्पादनअनुसार निश्चित उपहारहरू पनि समावेश गरिएको छ, जसले ग्राहकलाई तुरुन्तै लाभ महसुस गराउने कम्पनीको विश्वास छ। साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजेरेटर खरिदमा माइडिया इन्डक्सन उपलब्ध गराइनेछ।
त्यसैगरी फ्रन्ट लोड वासिङ मेसिन खरिद गर्दा ६ केजी एरियल, टप लोड वासिङ मेसिन खरिदमा २ केजी एरियल र सेमि अटोमेटिक वासिङ मेसिन खरिदमा १ केजी एरियल उपलब्ध गराइनेछ। डिशवासर खरिदमा डिशवासर ट्याबलेट्स २ पिस प्रदान गरिनेछ भने माइक्रोवेभ ओभन खरिदमा कुकिङ किट समावेश गरिएको छ।
यस अभियानलाई अझ आकर्षक बनाउन बम्पर लक्की ड्र पनि समावेश गरिएको छ, जसअन्तर्गत भाग्यशाली एक जना ग्राहकले माइडियाको मल्टि डोर रेफ्रिजेरेटर जित्ने अवसर प्राप्त गर्नेछन्। ग्राहकहरूले क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गरेपछि उक्त लकी ड्रमा सहभागी हुन सक्नेछन्।
नेपालमा माइडिया ब्रान्ड सीजी इलेक्ट्रोनिक्समार्फत बिक्रीवितरण हुँदै आएको छ।












प्रतिक्रिया दिनुहोस्