Skip to content

जनार्दनले गरेको अन्यायमा वर्षमानले ६० प्रतिशत न्याय दिएः किरण शाःख

काठमाडौं । उद्योगी किरण शाःखले अन्यायलाई अहिलेका अर्थमन्त्री वर्षमान पुनले सच्चाएको प्रतिक्रिया दिएका छन् ।

अर्थमन्त्री पुनले स्पन्च आइरनमा लाग्ने करलाई १ प्रतिशतबाट बढाएर साढे २ प्रतिशत बनाएका थिए ।

शाख स्टिलका प्रवन्ध निर्देशक समेत रहेका किरण शाखले अर्थमन्त्री वर्षमान पुनले नीति सच्याएको भन्दै धन्यवाद दिए । आफूहरुको माग जनार्दन शर्माले नीतिभन्दा अगाडिको हुनुपर्ने भन्दै बिलेट उत्पादकले उद्योगको चाँबी बुझाए आफूहरु चलाउन तयार रहेको बताए ।

“केही बिलेट उत्पादकले राज्य सयन्त्रमा बस्नेसँग मिलेर डण्डी उत्पादकलाई डुबाउने काम गरेका थिए,”शाःखले भने,“ बिलेट बनाउने उद्योगले डण्डीको मूल्य कम गर्न सकेका थिएनन् भने आफैंपनि बिलेट आया गरिरहेका थिए।”

अर्थमन्त्री पुनको नीतिले कम्तीमा बिलेट आयात गरेर डण्डी बनाउने उद्योगहरु चल्न सक्नेमा अब भएको टिप्पणी उनको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T