Skip to content

अर्थमन्त्री डा.वाग्लेले गरे वीरगञ्ज भन्सार नाकाको निरीक्षण, के-के दिए निर्देशन ?

nabil bank

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वीरगञ्जको भन्सार नाकाको निरीक्षण गरेका छन् ।

राजस्व परामर्श सम्बन्धी अन्तरक्रियाका लागि शुक्रबार वीरगन्ज पुगेका अर्थमन्त्री वाग्लेले निरीक्षण तथा निर्देशन दिए ।
आज आन्तरिक राजश्व कार्यालय वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयमा आयोजित अन्तरक्रियामा सहभागी छन् ।

दुवै कार्यक्रममा अर्थमन्त्री वाग्लेले लक्ष्य भन्दा धेरै आन्तरिक र भन्सार राजश्व सङ्कलन गर्न कर्मचारीलाई निर्देशन दिए । साथै राजश्व सङ्कलनका बहानामा सेवाग्राहीलाई धाकधम्की र त्रासमा नपार्न, लाइनमा नराख्न र अनधिकृत क्रियाकलाप नगर्न आग्रह गरे ।

इमानदारीपूर्वक काम गर्ने राष्ट्रसेवकलाई प्रोत्साहनका कार्यक्रम ल्याउने उनले बताए । साथै, बेइमानी गर्नेलाई निर्मम भएर दण्डित गर्ने पनि उनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi