Skip to content
Prabhu

चीनको विशाल खाद्य कम्पनीका पूर्वउपव्यवस्थापक भ्रष्टाचार आरोपमा पक्राउ

बेजिङ । चीनको प्रमुख खाद्य व्यापारी कोफको कर्पोरेसनका पूर्व उपमहाप्रबन्धक झोउ झेङलाई घूस लिएको, अनियमितता गरेको र शक्तिको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको सर्वोच्च पिपुल्स प्रोक्युरेटरेट (एसपीपी) ले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एसपीपीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेशनल कमिसन अफ सुपरभिजन इन्भेस्टिगेसनको निष्कर्षपछि झोउको मुद्दा प्रोक्युरेटरियल अथोरिटीलाई सुम्पिएको थियो ।

झोउले यसअघि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को कम्पनी सदस्य समूहको सदस्यको रूपमा पनि काम गरेका थिए ।

चीनको भ्रष्टाचार नियन्त्रण गर्ने सर्वोच्च निकायले सन् २०२३ को नोभेम्बरमा झोउलाई अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको आरोपमा अनुसन्धानको दायरामा राखिएको घोषणा गरेको थियो ।
यसै महिनाको सुरुमा उक्त निकायले झोउलाई सीपीसीबाट निष्कासित गरिएको घोषणा गरेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal