Skip to content

करिब २८ अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णय

nabil bank

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले करिब २८ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा लिने निर्णय गरेको छ ।

बैठकले दुई परियोजनाका लागि ९० मिलियन डलर अर्थात करिब २८ अर्बको सहुलियतपूर्ण ऋण सुविधा स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।

अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर ऋण लिने निर्णय गरेको छ । यस्तै ९५ मिलियन डलर सहुलियतपूर्ण ऋण दिगो र समावेशी वित्त परियोजनाका लागि लिन स्वीकृति गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi