Skip to content

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीद्वयद्वारा शपथ ग्रहण

मुख्यमन्त्री पाण्डे-शपथ ग्रहण अन्नपूर्ण(कास्की), १६ जेठ : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे मङ्गलबार पोखरामा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष शपथ ग्रहण गर्दै । तस्बिर : धनबहादुर गुरुङ/रासस

गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहित दुुई जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सर्वोच्च अदालतको परमादेशअनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पोखरा सभागृहमा आयोजित विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
समारोहमा प्रदेश प्रमुख भट्टले नवनियुक्त आर्थिक मामिलामन्त्री डा टकराज गुरुङ र ऊर्जा जलस्रेत खानेपानी, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापालाई पनि पद तथा गोपनीयताको शपथ ग्रहण गराए।
मन्त्री थापा यसअघि कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारमा प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी बहन गरिसकेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life