Skip to content
Prabhu

बजेटको प्रतिक्रियाबाट म आफैं सरप्राइज भएँः अर्थमन्त्री पुन

 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेटमा आएको प्रक्रियाबाट आफू सरप्राइज भएको बताएका छन् । बिहीबार आर्थिक वर्षका संघ (नाफिज) ले आयोजना गरेको आगामी अािर्थक वर्षको बजेटमा समावेश भएका विषय माथिको अन्तरक्रिया कार्यक्रममा बोल्दै बजेटमा आएको प्रतिक्रिायबाट आफू सरप्राइज भएको बताएका हुन् ।

बजेटमा फरक धारणा आउनु स्वाभाविक भए पनि अधिकांश सकारात्मक प्रतिक्रिाय आएका कारण आफू पनि अच्चमा परेको बताए । ‘कुनै पनि काम गर्दा त्यसको राम्रो नराम्रो पक्ष हुन्छ । तर, सबै राम्रै राम्रो हुँदा पनि मात्तिन सक्ने अवस्था हुन्छ,’ उनले भने,‘बजेट अलिअलि आलोचना त आउनुपर्छ भन्ने लागेको थियो । केही ठाउँबाट आलोचना पनि आयो । त्यसमा पनि म खुशी नै छु । तर, अझै धेरै आलोचना आउन अधिकांशले बजेट सन्तुलीत नै आएको प्रतिक्रिया दिएका छन् । त्यसबाट म आफै सरप्राइज भएको छ ।’

उनले सबै मन्त्रालय र निकायहरुको मिहीनेत र सरोकारवालाहरुको सुझावका आधारमा बजेट ल्याइएको पनि दाबी गरेका छन् । बजेट प्रस्तुत गर्ने अर्थमन्त्रीले भए पनि यसमा सबैले अपनत्व बोध गर्नु पर्ने उनको भनाइ छ । ‘संसदमा मैले बजेट प्रस्तुत गरेपनि यसमा सबै मन्त्रालयहरूको मिहिनेत परेको छ । प्रि–बजेट डिस्कसनहरूको समेत प्रभाव यसमा छ । यो बजेटले नेपालको अहिलेको अर्थतन्त्रको यथार्थ स्थिति अनुभूत गर्ने परिवेश बनाएको छ,’ उनले भने ।

बजेटले उत्पादन तथा उद्योगलाई संरक्षण गर्नेतर्फ ध्यान दिइएको पनि उनले बताए । यस्तै, उनले संसद्को अवरोध हटाएर बजेट प्रस्तुत गर्न सक्नु सकरात्मक पक्ष भएको बताए । ‘पछिल्लो घटनाक्रमले गर्दा सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको भन्दै प्रश्न उठ्ने गरेको थियो । तर, हामी बजेट जस्तो महत्वपूर्ण दस्तावेज अध्यादेशबाट भन्दा संसद्बाटै ल्याउने जोडमा थियौं । त्यसमा पनि हामी सफल पनि भयौं,’ उनले भने, ‘राजनीतिक समझदारी बनाएर संसदमै बजेट प्रस्तुत गर्ने वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठुलो मिहिनेत गर्नुभयो । जसले गर्दा संसदको अवरोध हटाउन सकियो ।’

नीतिगत अस्थिरता कम गर्न अहिले कमभन्दा कम क्षेत्र चलाइएको उनले दबी थियो । कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा लगायतका प्राथमिकता प्राप्त क्षेत्रले आर्थिक वृद्धिमा मुख्य भूमिका खेल्ने उनको भनाइ छ ।

‘स्पन्ज आइरनका विषय चलाउँदा तरंग आउने आकलन गरेर चलाइएको उनको भनाइ थियो । ‘यसमा तरंगा आउँछ भन्ने नै लागेको थियो, आयो । यो विचार गरेरै ल्याइएको हो । यसबारे आजै व्यवसायीहरूसँग छलफल गर्दै छौँ । हामीले लुकाएर करका दर हेरफेर गरेका छैनौँ,’ उनले भने ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal