Skip to content
Prabhu

बजेटले बैंकिङ क्षेत्रका मनोबल बढाएको छः अध्यक्ष केसी

 

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले आगामी आर्थिक वर्षको बजेटले बैंकिङ क्षेत्रको मनोबल बढाएको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिाय कार्यक्रममा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

अहिलेको विषम परिस्थितिमा पनि आगामी आर्थिक वर्षको बजेट सन्तुलित तथा समय सापेक्ष भएको उनको भनाइ थियो । उनले पर्यटन, जलविद्युत, स्टार्टअप, सूचना प्रविधिलगायत प्रचुर सम्भावनाका क्षेत्रहरूलाई पहिचान गरी प्राथमिकता साथ बजेट छुट्याउनु राम्रो पक्ष उनको तर्क थियो । ‘यस्ता कार्यक्रमले बैंकिङ क्षेत्रलाई निकै फाइदा हुन्छ । यस्तै, निजी क्षेत्रलाई सगसँगै अगाडि लैजाने पनि सहयोग गर्छ,’ उनले भने ।

सरकारले ल्याएका नयाँ कार्यक्रमहरुले अधिक तरलता भएको अवस्थामा लगानीका लागि थप सहज हुने उनको विश्वास थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal