काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त गरेको छ । योजना आयोग सदस्यमा अर्जुनजंग थापा, प्रा.डा. सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, प्रा.डा. सुदन झा र डा. पुकार मल्ल नियुक्त भएका हुन् ।
सदस्य नियुक्त थापा भौतिक मन्त्रालयका पूर्वसचिव हुन् भने प्रा.डा. आचार्य त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन् ।
त्यस्तै डा. गौचन ‘इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज’ (आईआईडीएस) का सिनियर फेलो हुन् । अर्याल शिक्षाविद् हुन् । उनी यसअघि बालेन शाह काठमाडौं महानगरका मेयर रहँदा सल्लाकारको भूमिकामा थिइन् ।












प्रतिक्रिया दिनुहोस्