काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन–चाँदी मूल्य बढेको छ। आज सुन प्रतितोला २ हजार २०० रुपैयाँ र चाँदी तोलामा ८५ रुपैयाँले बढेको हो।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुनको मूल्य २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आजको बजारमा चाँदी प्रतितोला ४ हजार ९६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला ४ हजार ८७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।












प्रतिक्रिया दिनुहोस्