Skip to content

दलका अध्यक्ष र मन्त्री भएकाहरूको सम्पत्ति छानबिन गरौंः गगन थापा

nabil
global ime

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४७ सालपछि नेपालको राजनीतिक र प्रशासनिक नेतृत्व लिएकाहरू जबाफदेही हुनुपर्ने बताएका छन्।

सांसाद थापाले संसदमा पछिल्लो समय ०४७ यताका सार्वजनिक पद धारण गरेकाहरूको सम्पत्ति छानबिन गरिनुपर्ने कुरा उठेको र यो विषय सकारात्मक भएको बताए। उनले कानुन र संस्थालाई बलियो बनाएर यसबीचमा सांसददेखि मन्त्री र प्रधानमन्त्री भएकाहरूको सम्पत्ति छानबिन गरिनुपर्ने थापाले बताए। 

बुधबार काठमाडौंको चाबहिलस्थित पशुपति मित्र माविको हीरक महोत्सवमा महामन्त्री थापाले भने, ‘जति पनि ठूला काण्ड र प्रकरण छन् ती सबैमा जिम्मेवार मानिसलाई कहीँ न कहीँ दण्ड पाउनुपर्छ भनेर डर सिर्जना गरौं। नागरिकहरूलाई राज्यसँग भर होस्, गलत गरेकालाई राज्यसँग डर होस्।’ 

यसका लागि कानुन आवश्यक रहेको उनको भनाइ छ। कानुन बनाउन आफूले पनि संशोधन हालेको थापा बताउँछन्। ‘कांग्रेस, एमाले, माओवादी अध्यक्षको, अहिलेको प्रधानमन्त्रीको, पूर्वप्रधानमन्त्रीको, हामीजस्ता मन्त्री भएका मानिसको सम्पत्ति छानबिन गरौं,’  उनले भने । 

सार्वजनिक सम्पत्ति अपचलन र सहकारी प्रकरणमा मुछिएकाहरूमाथि पनि छानबिन गरी कारबाही गरिनुपर्ने उनले बताए। थापाले ‘अस्तीसम्म यहीँ कपनको कार्यक्रममा सहकारी विज्ञ भनेर आइराख्नु भएको थियो केबी उप्रेती। ८ अर्ब खाएर भाग्नुभएछ, पत्रिकामा दुई दिनअघि आएको छ,’ थापाले भने, ‘८ अर्ब खाएको मानिस विज्ञ भएर गाउँगाउँमा भाषण गरिरहेको छ।’

राजनीतिक दलका र जतिसुकै शक्तिशाली भए पनि गलत गर्‍यो भने दण्ड पाउँछ भन्ने कुरा स्थापित गरिनुपर्ने उनले बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima