Skip to content

फोनपेले ग्लोबल मनी विकका अवसरमा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन

nabil bank

काठमाडौं । डिजिटल भुक्तानी सेवामा अग्रणी संस्था फोनपेले ग्लोबल मनी विकका अवसरमा देशव्यापी वित्तीय साक्षरता अभियान सफलतापूर्वक सम्पन्न गरेको छ ।

 “स्मार्ट मनी टल्क्स” को मूल सन्देशलाई केन्द्रमा राख्दै अभियानमार्फत युवापुस्तालाई जिम्मेवार वित्तीय व्यवहार, डिजिटल सुरक्षा तथा स्मार्ट आर्थिक निर्णयका बारेमा सचेत गराइएको थियो । फोनपेले देशव्यापी रूपमा आफ्नो पहुँच विस्तार गर्दै ४ प्रदेशका ६ शहरका १२ कलेजमा १८ सेसनमार्फत १ हजार ९० भन्दा बढी तथा ५ प्रदेशका ९ शहरका २८ विद्यालयमार्फत ४ हजार ९६१ भन्दा बढी विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गरेको छ ।

कार्यक्रममा मनोरञ्जनात्मक खेल, क्विज तथा नाटक जस्ता गतिविधिमार्फत विद्यार्थीहरूलाई खर्च व्यवस्थापन, बचत र सही वित्तीय जानकारीबारे सिकाइएको थियो । यसै अन्तर्गत आयोजित फाइनान्सियल लिट्रेसी स्टुडेन्ट भिजिट कार्यक्रममा काठमाडौँ उपत्यकाका ४० भन्दा बढी विद्यार्थीहरूलाई फोनपेले आफ्नो कार्यालयमा आमन्त्रण गरी इन्टरएक्टिभ खेलहरु साथै डिजिटल भुक्तानी र वित्तीय सुरक्षासम्बन्धी व्यावहारिक जानकारी प्रदान गरिएको थियो ।

फोनपेले यस्ता अभियानमार्फत सुरक्षित र जिम्मेवार डिजिटल अर्थतन्त्र निर्माणमा आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनहरूमा पनि यस्ता पहलहरूलाई निरन्तरता दिने जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi