Skip to content

सरकारलाई खर्च गर्न सकसः पुँजीगत खर्च २४% भन्दा कम, ९ महिनामा बजेट खर्च करिब ५४ प्रतिशत

nabil bank

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनासम्ममा सरकारले बजेट खर्च करिब ५४ प्रतिशत गरेको छ । चैत मसान्तसम्म सरकारले ५३.९७ प्रतिशत बजेट खर्च गरेको छ । यो अवधिमा सरकारले राजस्व संकलन भने ५९.८८ प्रतिशत गरेको छ ।

चालु आवका लागि अघिल्लो सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । जसमा चैत मसान्तसम्म सरकारले १० खर्ब ५९ अर्ब ९५ करोड रुपैयाँ बजेट खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यो अवधिमा सरकारले नियमित कार्य सञ्चालनका निम्ति गरिने चालु खर्च ६३.३ प्रतिशत खर्च गरेको छ । चालु खर्चका लागि सरकारले ११ खर्ब ८० अर्ब ९८ करोड बजेट विनियोजन गरेको थियो । अहिलेसम्म ७ खर्ब ४७ अर्ब ५२ करोड रुपैयाँ खर्च भइसकेको छ ।

यस्तै सरकारले पुँजीगत शिर्षकमा विनियोजन गरेको बजेटमध्ये अहिलेसम्म २३.५८ प्रतिशत खर्च गरेको छ । सरकारले पुँजीगत शिर्षकमा ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको थियो । अहिलेसम्म ९६ अर्ब १९ करोढ ५१ लाख रुपैयाँ मात्रै विनियोजन भएको छ ।
यस्तै वित्तीय व्यवस्थापन तर्फ विनियोजन गरेको बजेमध्ये ५७.६३ प्रतिशत खर्च भएको छ । यो शिर्षकमा ३ खर्ब ७५ अर्ब बजेट रहेको थियो ।

चैत मसान्तसम्म सरकारले ८ खर्ब ८६ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो भनेको लक्ष्यको ५९.८८ प्रतिशत हो । सरकारले चालु आवमा १४ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

सरकारले यो अवधिमा कर राजस्व शिर्षकमा ६०.२६ प्रतिशत, गैह्र कर राजस्वतर्फ ५६.६७ प्रतिशत र अनुदानतर्फ लक्ष्यको २९.२१ प्रतिशत लक्ष्य हासिल गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi