Skip to content

महिलालाई हरेक क्षेत्रमा सहभागिताको अवसर दिनुपर्छः मन्त्री चौधरी

nabil bank

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलालाई हरेक क्षेत्रमा सहभागिताको अवसर दिनुपर्ने बताइन् ।

छैटौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले महिलालाई हरेक क्षेत्रमा सहभागी गराउन जरुरी रहेको बताए।

मन्त्री चौधरीले भनिन्, ‘महिलालाई निर्णायक ठाउँमा पुर्याउनका लागि सबै वर्ग, क्षेत्र र तहले अवसर दिनु आवश्यक छ । सम्पत्तिको अधिकार भन्ने कुरा धेरैलाई थाहा छैन । सम्पत्तिमा आफ्नो अधिकार हुन्छ भन्ने विषयमा अधिकांश महिला जानकार छैनन् । विभिन्न संघसंस्था, स्थानीय तह, जनप्रतिनिधि तथा सरोकार भएका सबैले यसबारे सुसूचित गर्नुपर्छ ।’

उनले हिंसा पीडित महिलाहरूको पुनःस्थापना गर्न सातै प्रदेशमा ‘सेफ हाउस’ निर्माणका लागि बजेट माग गरिए पनि बजेट विनियोजन नभएको बताए । उनले भनिन्, ‘बजेटमा पनि महिला मन्त्रालयलाई प्राथमिकतामा पारिएको छैन । सेफहाउस निर्माणका लागि बजेट माग गरिएको थियो, तर बजेट सीमित भएकाले विनियोजन भएन ।’

निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले महिलाको जनसङ्ख्या धेरै हुने तर मतदाता नामावली भने किन कम भन्नेमा प्रश्न गरे । उनले भने, ‘कानुनमा सुधार गर्नुपर्छ । महिलालाई प्रत्यक्षबाट निर्वाचनमा उठाउनै पर्छ । कतिपय स्थानीय तहमा पुरुषको मात्र वर्चश्व देखिन्छ, यसलाई सुधार गर्नु आवश्यक छ ।’

सांसद रोशन कार्कीले राष्ट्रिय आयमा महिलाहरूको श्रमको पनि गणना हुनुपर्नेमा जोड दिए । उनले भने, ‘महिलाहरू रातदिन काम गर्छन् । उनीहरूको श्रमको पनि मूल्याङ्कन हुनुपर्छ ।’

पूर्वसचिव यामकुमारी खतिवडाले लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि गरिएका प्रयास र उपलब्धिहरूका बारेमा प्रस्तुतीकरण दिँदै विभिन्न क्षेत्रमा महिला र पुरुषको सहभागितामा अन्तर रहेको बताइन् । उनले भनिन्, ‘निजामती क्षेत्रमा केही सुधार हुँदै छ । राजनीतिक, प्रशासनिक सबै क्षेत्रमा महिला सहभागिता कम छ । सरोकार भएकाले यस विषयलाई ध्यान दिन जरुरी छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi