Skip to content

तल्ला तहमा ‘अनुदानमुखी’ प्रवृत्ति बढ्दै गएकोमा अर्थमन्त्रीको चिन्ता, अन्तर-सरकारी वित्त परिषद्को बैठकमा १६ बुँदे निर्णय

nabil bank

काठमाडौं । अर्थ मन्त्रालयमा अन्तर–सरकारी वित्त परिषद् र विषयगत समितिको बैठक सम्पन्न भएको छ । बैठकले १६ बुँदे निर्णय गरेको छ ।

सङ्घीय शासन प्रणालीको सफल कार्यान्वयन र तीनै तहका सरकारबीचको वित्तीय समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ अन्तर–सरकारी वित्त परिषद् र विषयगत समितिको बैठक भएको हो ।

नेपालमा वित्तीय हस्तान्तरणको नियम आधारित प्रणाली संस्थागत भए तापनि तहगत सरकारहरूको कार्यसम्पादन क्षमता र स्रोत व्यवस्थापनमा देखिएका व्यावहारिक जटिलताहरूलाई सम्बोधन गर्न बैठक केन्द्रित भएको मन्त्रालयले जनाएको छ ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीयताको सफल कार्यान्वयनका लागि तीनै तहका सरकारबीच सहकारिता र समन्वय हुनुपर्नेमा जोड दिए । उनले प्रदेशका अर्थमन्त्रीहरूले अघि सारेका वित्तीय हस्तान्तरण र स्वायत्तता सम्बन्धी जायज मागहरूलाई सङ्घीय सरकारले सकारात्मक रूपमा लिएको बताए ।

मन्त्री वाग्लेले तल्ला तहको राजस्व क्षमता कमजोर हुँदा सङ्घीय अनुदानमा निर्भर रहने ‘अनुदानमुखीु प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै वित्तीय विचलनहरूलाई अन्त्य गरी यो परिषद्लाई नतिजामुखी बनाइने प्रतिबद्धता व्यक्त गरे ।

साथै, अर्थमन्त्रीले आगामी दिनमा वित्तीय हस्तान्तरणलाई थप पारदर्शी, अनुमानयोग्य र न्यायोचित बनाउन सरकारले ठोस नीतिगत र कानुनी सुधारका कदमहरू चाल्ने विश्वास दिलाए ।

सहभागी प्रदेश अर्थमन्त्री तथा सदस्यहरूले वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटमा देखिएका नीतिगत तथा व्यावहारिक जटिलता समाधानका लागि परिषद्को यो बैठक ढुङ्गा साबित हुने विश्वास व्यक्त गरे

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi