Skip to content
Prabhu

तनहुँको खुदीखोलामा पक्की पुल बन्दै

तनहुँ । बन्दीपुर गाउँपालिका–२ भएर बग्ने खुदीखोलामा पक्की पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको लगानीमा पुल निर्माण सुरु भएको हो ।

विसं २०८२ भदौ ११ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी काम थालिएको २५ मिटर लामो पुल ७ करोड ४६ लाख १० हजार ५ सय २० रुपैयाँको लागतमा बन्ने पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।

पुलको बिहीबार शिलान्यास गर्दै गण्डकी प्रदेशका पूर्वमन्त्री हरिबहादुर चुमानले निर्धारित समयभित्रै काम सम्पन्न गर्न आग्रह गरे । गण्डकी प्रदेश सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै उनले निर्माणको निरन्तर अनुगमन गर्नुपर्नेमा जोड दिए ।

बन्दीपुर गाउँपालिकाका वडाध्यक्ष तिलकबहादुर कुँवरले लामो समयदेखिको वडाबासीको पुल निर्माणको माग पूरा हुन लागेको बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal