Skip to content
Prabhu

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १७ सयले बढ्यो

 

काठमाडौं । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुन तोलामा १ जार ७ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको हो ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ पुगेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुनको मूल्य १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य बिहीबार १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ३४२ दशमलव ६८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ९१ पैसामा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal