काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेको छ । सोमबार बजारमा सुनको मूल्य तोलामा २ लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
आइतबार भने ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज बजारमा चाँदीको मूल्य तोलामा ५ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलामा ५ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।













प्रतिक्रिया दिनुहोस्