Skip to content

चैत मसान्तसम्म व्यापार घाटा १२ खर्ब ६७ अर्ब ५६ करोड, करिब सवा २ खर्बको निर्यात

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनासम्ममा १४ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँको वस्तु आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा यो वर्ष नेपालमा हुने आयात १३.८२ प्रतिशतले बढेको छ ।

गत आवको सोही अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँको वस्तु आयात भएको थियो । भन्सार विभागका अनुसार चैत मसान्तसम्म नेपालबाट हुने निर्यात १८.४६ प्रतिशतले बढेको छ ।

गत वर्षको चैत मसान्तसम्म १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँको निर्यात भएकोमा यो वर्षको सोही अवधिमा २ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ बढीको निर्यात भएको छ । चैत मसान्तसम्म आयात निर्यात अनुपात ६.६९ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा ६.९६ प्रतिशत थियो ।

चैत मसान्तसम्म व्यापार घाटा १३.०४ प्रतिशतले बढेर १२ खर्ब ६७ अर्ब ५६ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा ११ खर्ब २१ अर्ब ३३ करोड रहेको विभागले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi