काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले बढेको छ ।
आज सुन प्रतितोला २ लाख ९९ हजार २०० रुपैयाँ पुगेको छ। शुक्रबार सुनको मूल्य २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य बढेको छ । चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको छ ।
आज चाँदीको मूल्य ४ हजार ९९५ रुपैयाँ रहेको छ ।
शुक्रबार चाँदीको मूल्य ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।












प्रतिक्रिया दिनुहोस्