काठमाडौं । सानिमा क्यापिटलले सानिमा इक्विटी फण्ड २ निष्काशन गर्ने भएको छ ।
प्रतिइकाई १० रुपैयाँका दरले एक अर्ब रुपैयाँको १० करोड इकाई निष्कासन गर्न लागेको छ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने फण्ड १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो ।
निष्काशन गरिने कुल इकाईमध्ये न्यूनतम १ करोड ३० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १३ प्रतिशत इकाई कोष प्रबद्र्धक सानिमा बैंकलाई, २ प्रतिशत अर्थात २० लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटललाई सुरक्षित गरिएको छ। लगानीकर्ताले ८ करोड ५० लाख इकाईका निष्कासन गर्ने छ ।
फण्डमा बैशाख २४ देखि २९ गतेसम्म आवेदन दिन सकिनेछ । यो अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ ७ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । फण्डको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।












प्रतिक्रिया दिनुहोस्