Skip to content

सेयर बजारमा सामान्य सुधार, ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । बजार मापन गर्ने सूचक ७.७३ अंकले बढेर परिसूचक २७९६.४३ बिन्दु कायम भएको छ ।

३५१ कम्पनीको १ करोड ९ लाख २८ हजार ६१७ कित्ता सेयर ४ अर्ब ७४ करोड ८८ लाख ९ हजार १२७ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १५७ कम्पनीको मूल्य बढेको छ भने १०२ कम्पनीको घटेको छ ।

कारोबारमा अन्य बाहेक सबै समूहको उपसूचक बढेको छ । कारोबारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट कम्पनी, सिटी होटल कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स कम्पनी पहिलो स्थानमा रहेको छ । कम्पनीको ३० करोड ७४ लाख ५५ हजार ४४१ रुपैयाँको कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा आँखुखोला जलविद्युत कम्पनी र सोलु हाइड्रोपावर कम्पनी रहेको छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi