काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ ।
बोर्डको अध्यक्षका लागि ७ दिनको समय दिएर आह्वान गरको हो । इच्छुकले वैशाख २१ गतेसम्म कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिनु पर्ने छ ।
बोर्डको अध्यक्ष नियुक्ति गर्न सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्ट संयोजकत्वमा समिति बनाएको छ । समितिको सदस्यहरुमा अर्थसचिव घनश्याम उपाध्याय र पूर्वबैंकर भुवनकुमार दहाल छन्।
वैशाख ४ गते बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएपछि उक्त पद खाली छ ।
Security Error: PDF files must be hosted on the same domain as this site.
PDF is hosted on: https://media.laganinews.com but this site is: https://laganinews.com













प्रतिक्रिया दिनुहोस्