Skip to content

सेयर बजार राताम्मे 

nabil bank
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६.१६ अङ्कले घटेर २ हजार ७७०.२६ बिन्दुमा कायम भएको छ ।
३४९ कम्पनीको एक करोड ४० लाख १३ हजार १६७ कित्ता शेयर एक लाख ५१ हजार २८६ पटक खरिदबिक्री हुँदा छ अर्ब ५२ करोड ८० लाख ७७ हजार ९७६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा अन्य समूह ०.७३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ ०.८४, विकास बैंक १.२२, वित्त ०.६१, होटल तथा पर्यटन २.५६, जलविद्युत् १.७४, लगानी ०.४७ र जीवन बीमा समूह ०.१६ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह २.४६, लघुवित्त ०.४४, म्युचुअल फन्ड ०.३१ निर्जीवन बीमा ०.३९ र व्यापार समूह ०.३९ प्रतिशतले घटेको छ ।
हिमालयन बैंक् लिमिटेड बण्ड २०८६ को शेयर मूल्य आज सबैभन्दा धेरै छ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य १४.९९ प्रतिशतले घटेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi