Skip to content

एभरेष्ट कलरको आईपीओ निष्कासन, कसले पाउँछ आवेदन दिन ?

nabil bank

कठमाडौं । एभरेष्ट कलर कम्पनीले साधारण सेयर निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुने प्रतिकित्ता सय रुपैयाँका दरले ७ करोड ९० लाख रुपैयाँको ७ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ । जसमा ७९ लाख रुपैयाँको ७९ हजार कित्ता सेयर श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले बैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अुनसार आवेदन नपरेको खण्डमा बैशाख ३० गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य सेवा लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi