काठमाडौं । बुधबार सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलाको ३ हजार रुपैयाँ घटेको छ।
बुधबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदीको मूल्य तोलाको ३० रुपैयाँले घटेर ४ हजार ९१५ रुपैयाँ कायम भएको छ । मंगलबारको बजारमा चाँदी तोलाको ४ हजार ९४५ रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस्