Skip to content

उद्योग, व्यवसायको नाममा आपराधिक क्रियाकलाप गर्नेलाई छोडिन्न, जोगाउन नआउनु: अर्थमन्त्री वाग्ले 

काठमाडौं। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उद्योग व्यवसायको नाममा आपराधिक काम गर्ने जो कोहीलाई पनि नछाड्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बजेट पूर्व आयोजना गरेको छलफल कार्यक्रममा भिडियो कन्फ्रेन्स मार्फत उनेले यस्तो बताएका हुन्।
“गल्ती नभएका उद्योगी व्यवसायी डराउनु पर्दैन” उनले भने “आपराधिक काम गर्ने, उद्योगी व्यवसायीको नाममा आपराधिक काम गर्नेहरूलाई केही गर्न सकिँदैन । साथीहरूलाई बचाउने नाममा अपराधीहरूलाई जोगाउन कसैलाई पनि नआउनु होला ।”
उद्योग, व्यवसायको नाममा गलत काम गर्ने छुट कसैलाई पनि नभएको उनको भनाइ छ ।मन्त्री वाग्लेले निजी क्षेत्रको नाममा गलत काम गर्ने जो कोहीलाई पनि कानुन अनुसार कारबाही हुने बताए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima