Skip to content

वायुसेवा कम्पनीहरू धराशायी हुने अवस्थामा, राहत दिन सरकारसँग माग

nabil bank

काठमाडौं । नेपाल वायुसेवा संचालक संघले वायुसेवा कम्पनीहरूलाई राहत तथा सहुलियत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै हाल विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी, इन्धनको मूल्यवृद्धि तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण वायुसेवा क्षेत्र गम्भीर आर्थिक संकटमा परेको जनाएको छ । यात्रु संख्यामा आएको कमी र सञ्चालन खर्चमा भएको अत्यधिक वृद्धिले वायुसेवा कम्पनीहरू धराशायी हुने अवस्थामा पुगेको संघको भनाइ छ।

संघका अनुसार हाल वायुसेवा कम्पनीहरूको कुल खर्चमा इन्धनको हिस्सा ३०–४० प्रतिशतबाट बढेर ५५–६० प्रतिशतसम्म पुगेको छ। यसले कम्पनीहरूको आर्थिक अवस्था थप कमजोर बनाएको उल्लेख छ।

संघले सरकारसँग विभिन्न शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिन माग गरेको छ। साथै ल्याण्डिङ, पार्किङ, नेभिगेशन र ह्याण्डलिङलगायतका शुल्कमा राहत दिनुपर्ने माग गरिएको छ।

त्यसैगरी, हाल अमेरिकी डलरमा लिइँदै आएका सेवा शुल्क नेपाली रुपैयाँमा निर्धारण गर्नुपर्ने संघको सुझाव छ। यसले विदेशी विनिमय दरको असरबाट वायुसेवा कम्पनीहरूलाई राहत मिल्ने विश्वास संघले व्यक्त गरेको छ।

संघले सरकारलाई वायुसेवा क्षेत्र जोगाउन तत्काल आवश्यक कदम चाल्न आग्रह गर्दै सर्वसाधारणलाई सुलभ, नियमित र भरपर्दो सेवा दिन सहयोग पुग्ने जनाएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi