Skip to content

विश्व बैंकबाट ५२ मिलियन डलर सहुलियत ऋण र ५ मिलियन अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं । नेपाल सरकारले उद्योगहरूमा प्रयोग हुँदै आएका परम्परागत पोइलरलाई इलेक्ट्रोनिक पोइलरबाट प्रतिस्थापन गर्ने, उद्योगहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने तथा वायु गुणस्तर मापन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विश्व बैंकबाट प्राप्त हुने आर्थिक सहयोग स्वीकार गर्ने निर्णय गरेको छ।

सरकारले विश्व बैंकबाट ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र थप ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको हो। उक्त रकम औद्योगिक क्षेत्रको आधुनिकीकरण, वातावरणीय प्रदूषण न्यूनीकरण तथा दिगो विकास प्रवर्द्धनका लागि खर्च गरिने बताइएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima