काठमाडौं । गत फागुनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण भएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालू आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा नाफामा बढोत्तरी गर्दै प्रतिसेयर आम्दानी पनि बढाएको छ । यसले कम्पनीमा सेयर हालेका करिब २२ हजार लगानीकर्तामा उत्साह भरेको छ ।
रिलायन्सले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीले २६ करोड ६८ लाख ९२ हजार १२१ रुपैयाँ खुद नाफा कमाएको छ । उक्त अवधिमा कम्पनीको सञ्चालन नाफा ५३ करोड ४९ लाख ८७ हजार ९२८ रुपैयाँ रहेको छ ।
रिलायन्सको तेस्रो त्रैमासमा कुल आम्दानी ७ अर्ब ४६ करोड ४ लाख ६० हजार २६९ रुपैयाँ रहेको छ । रिलायन्स नेप्सेमा सूचीकरण हुनुभन्दा अघिल्लो दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा १३ करोड ७४ लाख ३५ हजार ४१४ रुपैयाँ, सञ्चालन नाफा ३२ करोड ९८ लाख ४८ हजार ३४५ रुपैयाँ र कुल आम्दानी ४ अर्ब ७९ करोड २ लाख ९१ हजार १६३ रुपैयाँ रहेको थियो ।
नेप्सेमा सूचीकरण भएको छोटो अवधिमै कम्पनीको प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ बढेको छ । यसले कम्पनीमा भित्रिएका लगानीकर्तालाई उत्साही बनाएको छ । तेस्रो त्रैमासमा प्रतिसेयर आम्दानी २०.४२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ४९७.३७ रुपैयाँ पुगेको छ । दोस्रो त्रैमासमा प्रतिसेयर आम्दानी १६.०८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ४९०.५४ रुपैयाँ थियो ।
रिलायन्सको वित्तीय विवरणले लगानीकर्तालाई उत्साही बनाउने अर्को सूचक हो, नेप्सेमा सूचीकरण भएको छोटो समयमै उसको सेयर मूल्यमा आएको उछाल । नेप्सेले अधिकतम ३ सय रुपैयाँको ओपनिङ रेन्ज तोकेको रिलायन्सको सेयर मूल्य तेस्रो त्रैमासमा अधिकतम ५ हजार ४९ रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ । ३४ कारोबार दिनमा ८ लाख १५ हजार ४४७ कित्ता सेयर कारोबार भएको छ । रिलायन्सको सेयर कारोबारमा देखिएको सकारात्मक सूचकले कम्पनीमा आवद्ध करिब २२ हजार लगानीकर्ता उत्साही देखिएका छन् ।
रिलायन्सले कारोबार सुरु भएको एक महिनामै नेप्सेको ५ हजार बिन्दु चुमेको छ । अहिले पनि रिलायन्सको सेयर कारोबार ४ हजार नाफाको अनुपातमा भइरहेको छ । म्यानिफ्याक्चरिङतर्फ यो आफैमा नयाँ रेकर्ड हो । बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले ५० वटा सेयर खरिद गर्दा लगानीकर्ताले रिलायन्सको आईपीओमा ४१ हजार ४० रुपैयाँ हालेका थिए ।
वित्तीय विवरणअनुसार ३४ कारोबार दिनमा सेयरको मूल्य अधिकतम ५ हजार ४९ रुपैयाँ पुग्दा एकजना लगानीकर्ताले लगानी कटाएर २ लाख ११ हजार ४१० रुपैयाँसम्म कमाउन सफल भएका छन् ।
बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले ५० वटा सेयर खरिद गर्दा लगानीकर्ताले रिलायन्सको आईपीओमा ४१ हजार ४० रुपैयाँ हालेका थिए । वित्तीय विवरणअनुसार ३४ कारोबार दिनमा सेयरको मूल्य अधिकतम ५ हजार ४९ रुपैयाँ पुग्दा एकजना लगानीकर्ताले लगानी कटाएर २ लाख ११ हजार ४१० रुपैयाँसम्म कमाउन सफल भएका छन् ।
रिलायन्स नेपालको सबैभन्दा ठूलो रोजगारदाता र निर्यातमूलक कम्पनी हो । यसको सेयर पुँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ । कम्पनीमा २१ हजार ८०७ जना सेयरधनी रहेका छन् । कम्पनीमा ४ हजारभन्दा बढी जनशक्ति कार्यरत रहेका छन् । मजदुरमैत्री पहिचान बनाएको रिलायन्समा करिब १ हजार ३ सय महिला छन् ।
तीन दसकअघि स्थापित रिलायन्स स्पिनिङ मिल्सले सुनसरीको दुहबी र खनारमा रहेका उद्योगमार्फत कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ । उद्योगका उत्पादनहरु नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् । वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुन्छ ।
| सूचकहरु | दोस्रो त्रैमास (सूचीकरणअघि) | तेस्रो त्रैमास (सूचीकरणपछि) |
| प्रतिशेयर आम्दानी | १६.०८ | २०.४२ |
| प्रतिशेयर नेटवर्थ | ४९०.५४ | ४९७.३७ |
| प्रतिशेयर मूल्य | ३०० (ओपनिङ रेन्ज) | ५०४९ (अधिकतम) |
| खुद नाफा | १३,७४,३५,४१४ | २६,६८,९२,१२१ |
| सञ्चालन नाफा | ३२,९८,४८,३४५ | ५३,४९,८७,९२८ |
| कुल आम्दानी | ४,७९,०२,९१,१६३ | ७,४६,०४,६०,२६९ |












प्रतिक्रिया दिनुहोस्