काठमाडौं । बुधबार सुन–चाँदीमा भारि उच्च वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला पाँच हजार ८०० रुपैयाँ र चाँदी तोलामा १७५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोलाको ५ हजार ५५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँ खरिदबिक्री भएको थियो।












प्रतिक्रिया दिनुहोस्