काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको जारी निर्वाचनमा एसोसिएट उपाध्यक्ष पदमा प्रवलजंग पाण्डे अग्रता कायम गरेका छन्। हालसम्म १,२०० मत गणना हुँदा पाण्डे ६८५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी ज्योत्स्ना श्रेष्ठ शुब्बाले ५०५ मत प्राप्त गरेकी छन्।
त्यसैगरी महिला सदस्यतर्फ जुना माथेमा अग्रस्थानमा रहेकी छन्। मतगणनाअनुसार माथेमाले ७१५ मत प्राप्त गरेकी छन्। उनका प्रतिस्पर्धीमध्ये अभिज्ञा मल्लले ६४२ मत, शोभा ज्ञवालीले ४९८ मत र जमुना पौडेलले ४६८ मत प्राप्त गरेका छन्।












प्रतिक्रिया दिनुहोस्