Skip to content
Prabhu

संसदीय छानबिन समितिले गृहमन्त्री, महान्यायाधिवक्ता र आईजीपीसँग पनि बयान लिन्छः गगन थापा

 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय छानबिन समितिले गृहमन्त्री, महान्यायाधिवक्ता र आईजीपीसँग पनि बयान लिने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै महामन्त्री थापाले संसदीय छानबिन समितिको कार्यक्षेत्रमा गृहमन्त्रीको नाम राख्न नसकिए पनि उनी छानविनको दायराबाट बाहिर नरहेको बताएका हुन् ।

‘यो छानबिन समितिले सहकारीबाट गोरखा मिडियामा गएको रकमबारे छानबिन गर्नेछ । एक रूपैयाँ गए पनि एक करोड गए पनि त्यो गैरकानुनी नै हो । गोरखा मिडियाको मालिका जीबी हुन् कि छवि हुन् कि रवि हुन् । जो भए पनि समितिले बोलाउँछ र कानुनबमोजिम कारबाहीको सिफारिस पनि गछ,’ उनले भने । महामन्त्री थापाले सहकारी ठगको पक्षमा उभिएका महान्यायाधिवक्तादेखि प्रहरी महानिरीक्षकसम्मलाई पनि बयानका लागि समितिले बोलाउनुपर्ने बताए ।

उनले दोषी भएमा कसैलाइ पनि छोड्न नसकिने र निर्दोष कोही पनि फस्न नहुने समेत बताएका छन्। ‘सहकारीका संलग्न भए जोकोही पनि कानुनको दायरामा आउनु पर्ने र नखाएको बिष कसैलाइ पनि लाग्न हुनदैन्’ उनले भने । छानबिन समितिले निश्पक्षमा काम गर्नुपर्ने र कांग्रेसबाट समितिका गएका साथीहरुलाई आफूहरुले यस विषयमा सहज हुन पनि भनिएको उनले बताए ।

त्यस्तै, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विदेशीलाई सूचना दिनेलाई कारबाही गर्नुपर्ने बताएका छन् । संसद्मा बेजेट माथिको छलफलमा सहभागि हुँदै गर्दै गृहमन्त्रीले सूचना बेचेको व्यक्तिलाई पक्राउ गर्नु पर्ने बताएका हुन् ।

‘गृहमन्त्रीले विदेशीलाई सूचना बिक्री गर्नेहरुलाई च्याप्प समातेर पक्राउ गर्नुपर्छ, यो संसदमा बोलिएको कुरा हो कुनै रत्नपार्कमा बोलिएको कुरा होइन,’ उनले भने । देशको गृहमन्त्रीले भनेको कुरा सामान्य चटकले भनेको जस्तो नहुने भन्दै उनले यो विषय रेकर्ड बाट हटाउनु पर्ने वा यसको जिम्मा प्रधामन्त्रीले दिनुपर्ने समेत बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal