काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
आज सुन प्रतितोला १ हजार रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला २५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलामा २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदी प्रतितोला ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार ५ हजार २७५ रुपैयाँमा कारोबार भएको थियोृ ।












प्रतिक्रिया दिनुहोस्