काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ४० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आईतबारको बजारमा सुन प्रतितोला २ लाख ९८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसैगरी, आज चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँ खरिदबिक्री भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला ५ हजार ३०० रुपैयाँ खरिदबिक्री भएको थियो।
प्रतिक्रिया दिनुहोस्