काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सिमा नाकाबाट हुुने गरेको अर्बौको तस्करी नरोक्न नसकेको सरकारले १०० रुपैयाँको सामान किनेर सिमा पारीबाट ल्याउनेलाई दु:ख हैरानी दिने काम गरेको दाबी गरेका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा उनले यस्तो दाबी गरे । छाक टार्न सिमा पारीबाट १०० रुपैयाँको सामान किनेर ल्याउनेलाई रोक्दैमा धेरै राजस्व नउठने उनको भनाए छ ।
यो सरकार बनेको एक महिनामा नै गरिब निमुखा जनता पहिलो प्रहारमा परेको बताए ।
‘‘जसको केही हुन्न उसको सहारा राज्य बन्नुपर्छ’’ उनले भने ‘‘जबरजस्ती उठिबास लगाएर सुकुम्बासीको समस्या हुँदैन । गणतन्त्र ल्याउन काम गरिब, निमुखाको योगदान निकै छ ।’’ यसमा सरकारले आफ्नो नीतिमा पुर्नंबिचार आवश्यक रहेको बताए । नागरिकलाई आफ्नो आवाज बन्द गराउने काम नगर्न आग्रह गरे ।












प्रतिक्रिया दिनुहोस्