काठमाडौं । बुधबार सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्य भने बढेको छ । आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलाको १५ रुपैयाँले बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन बजारमा प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुनको मूल्य तोलाको ३ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो। आइतबारको बजारमा सुन प्रतितोला २ लाख ९८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
बुधबार चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर ५ हजार ७१० रुपैयाँ कायम भएको छ । मंगलबारको बजारमा चाँदीको मूल्य तोलाको ५ हजार ६९५ रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, सोमबारको बजारमा चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँ खरिदबिक्री भइरहेको थियो। आइतबारको बजारमा चाँदी प्रतितोला ५ हजार ३०० रुपैयाँ खरिदबिक्री भएको थियो।
प्रतिक्रिया दिनुहोस्