काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले बजेट विनियोजन गर्दा प्रतिफललाई ध्यान दिनुपर्ने बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी (इम्सन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
कुनै अध्ययन बिना आयोजना थप्ने गरिएको भन्दै यसले गर्दा प्रतिफल कम हुने गरेको उनको भनाइ छ। जनातालाई प्रभाव पार्ने भन्दा कार्यकर्तालाई खुसी पार्ने गरी बजेट ल्याइएको छ । १ खर्ब ९ अर्ब ठूलो बजेट आएको छ । त्यसको व्यवस्थापन आन्तरिक ऋण लिने गरि बजेट आएको महतको भनाइ छ ।
‘हाम्रो सरकारी लगानी पनि सही ठाउँमा छैन । सामाजिक सुरक्षाको दायित्व पनि बढी रहेको छ,’ उनले भने । त्यस्तै ऋणको साँवा र ब्याजको दायित्व पनि धेरै रहेको अवस्था रहेकाले पनि समस्या भइरहेको उनको भनाइ छ ।
पुँजी गत खर्च पनि निकै कम भइरहेको अवस्था छ । यसलाई सुधार गर्नुपर्ने उनको भनाइ छ । पुराना योजनालाई सक्नेभन्दा पनि नयाँ योजना थप्ने काम मात्रै भइरहेको महतको भनाइ छ । ‘कार्यक्रम धेरै प्रस्ताव गर्ने र विचैमा छोड्ने परम्परा रहेको छ । ३ करोडभन्दा तलको योजना आउनु हुँदैन भनिएको थियो । तर, अहिले फेरि कनिका छरिए जस्तो बजेट आएको छ,’ उनले भने, ‘कुनै अध्ययन बिना नै योजना थपिएको छ । यसले गर्दा बजेटले प्रतिफल दिँदैन ।’
त्यस्तै प्रहरीको रिटायर्ड समय कम बनाइएको अवस्थामा थप दायित्व बढ्ने उनको भनाइ थियो । तर, विदेशमा गएर काम गर्ने उद्देश्यका साथ यो योजना आएको उनको टिप्पणी छ । ‘प्रहरीलाई छिटो रिटायर्ड किन भन्ने कुरामा विदेशमा गएर काम गर्नका लागि सहज हुने भन्ने कुरा सुनिएको छ । या निकै दुखत हो,’ उनले भने ।
अहिले स्याउ, प्याज र आलुको कर घटाएको विषयलाई निकै हाइलाइट गरिएको छ । स्वदेशी उत्पादनलाई यसले असर गर्ने अवस्था देखिएको डा. महतको भनाइ छ । त्यस्तै डा. महतले अर्थमन्त्रीले मनोमानी रूपमा बजेट खर्च गर्न अर्थ विविधमा धेरै रकम राखेको उनको भनाइ छ । ‘९७ अर्ब रुपैयाँ अर्थ विविधमा राखिएको छ मेरो पालामा ४७ अर्ब राखेको थिए, यो किन राखियो भन्दा मनोमानी ढंगले खर्च गर्न पाइयोस् ।’
आफ्नो पालामा कृषिमा उत्पादनमा आधारीत भनिएको कुरा हटाइएको उनको आरोप छ । ‘यो भनेको कागजमा आउनेले अनुदान पाउने अवस्था सिर्जना भयो,’ उनले भने । खर्च जुटाउनका लागि पनि समस्या हुने उनको भनाइ छ । ‘खर्च जुटाउन नसकेको अवस्थामा जति सुकै फुलबुट्टा भए पनि अर्थ हुँदैन,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्