Skip to content

गर्मी छल्न सुकुटे,र्‍याफ्टिङले पर्यटक आकर्षित

nabil bank

सिन्धुपाल्चोक । काठमाडौँबाट र्‍याफ्टिङका लागि अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको सुकुटेमा आइपुग्नुभएको ज्योति श्रेष्ठले जीवनकै महत्वपूर्ण मज्जा अनुभव गरे ।

विश्वकै उत्कृष्ट दसौँ गन्तव्यभित्र पर्ने सिन्धुपाल्चोकको सुनकोसी नदीमा शनिबार (याफ्टिङ गर्न उहाँसहित १३ जनाको जम्बो समूह शुक्रबार नै आइपुग्यो । ‘हामीले सुनेका मात्रै थियौँ, र्याफ्टिङको मज्जा आफैँले लिन पायौँ’, उत्साहित हुँदै ज्योतिले भने, ‘शनिबार चाप धेरै हुन्छ भन्ने सुनेर नपाइएला भन्ने निकै डर थियो ।’ उनले कलेज छुट्टीको दिन मिलाएर अन्य साथीसँग फेरि आउने सोच अहिले नै बनाइसकेको बताए ।

‘यति रमाइलो हुन्छ भन्ने आफैंले र्याफ्टिङ गरेपछि थाहा भयो, साथीहरु सबैलाई अनुभवबारे ‘सेयर’ गर्छौं अनि यहाँ आउनलाई प्रेरित गर्छौं’, (याफ्टिङपछि ज्योतिसँगै उभिनुभएका उहाँका साथी शैलेश श्रेष्ठले भने । जीवनकै लागि नौलो र खतरापूर्ण खेल भएकाले यो समूह केही डराएको भने थियो । ठाडो खोलामा बगिरहेको पानीसँग खासै परिचित नभएकाले सुरुमै मुटुको गति बढेको अनुभव भएको श्रेष्ठ बताए ।

‘जब र्याफ्टिङ खोलाको पानीसँगै बग्न थाल्यो, मनमा डरको गति पनि झनै बढ्यो’, उनले आफ्नो अनुभव सुनाए, ‘कहिलेकाहीँ आँखा चिम्लनुसमेत परेपछि भने बेक्कार गरिएछ भन्ने पनि लाग्यो ।’ उनले साथीहरु पानीमा रमाउँदै कराउँदै गर्न थालेपछि भने बल्ल रमाइलो अनुभव भएको सुनाए । ‘पछि डर भुलियो, अर्कै संसारमा डुबुल्की मारिरहेको जस्तै लाग्यो’, उनले भने ।

उनीहरु जस्तै भक्तपुरबाट आएको रोजिना श्रेष्ठले ‘कोर्पेटिभ’ टिम लिएर ¥याफ्टिङको आनन्द लिन आएको सुनाए । ‘विदेशीसहित हाम्रो ५० जनाको टोली छ’, उनले भने, ‘अब गर्मी सुरु भयो, यसकै लागि बिदाको समय मिलाएर समूह बनेर आयो ।’

शुक्रबार र शनिबार यहाँका रिसोर्ट भरिने गरेकाले पहिल्यै बुक गरेर आएको उनले सुनाए । रोजिनाले यसअघि पनि र्‍याफ्टिङ गरिसक्नुभएको थियो । त्यति बेलाको मज्जा सम्झँदै उहाँ फेरि सुनकोसी आइपुगेका हुन् । ‘पहिला धित नै मरेन, त्यसैले फेरि आएँ’, उनले भने।

सुकुटेमा गर्मी बढेसँगै साहसिक खेल ¥याफ्टिङमा रमाउने आन्तरिक तथा बाह्य पर्यटक अहिले ह्वात्तै बढेका छन् । गएको फागुनदेखि पर्यटकको चाप बढेको रिसोर्ट सञ्चालकहरु बताउँछन् । पछिल्लो हप्तादेखि अत्यधिक गर्मी बढेका कारण र्‍याफ्टिङ गर्ने पर्यटकमा वृद्धि भएको हो ।

साहसिक खेल र्याफ्टिङ र क्यानोनिङ गर्ने पर्यटकको सङ्ख्या दैनिक बढिरहेकाले यहाँका सबै रिसोर्ट व्यस्त भएको सुकुटेबिच एड्भेन्जर रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापा बताउनुहुन्छ । ‘दैनिक एक सयभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन्’, थापाले भने, ‘यो समय र्याफ्टिङको याम भएकाले अब चाप झनै बढ्ने अनुमान छ ।’

र्याफ्टिङकै लागि सिन्धुपाल्चोकमा हप्ता दिनमा कम्तीमा दुई हजार पर्यटक भित्रिने गरेका छन् । राजधानीदेखि युरोप, अमेरिकाजस्ता बाह्य मुलुकबाट आउने पर्यटकको लक्ष्य भोटेकोसी र सुनकोसीमा र्‍याफ्टिङ गर्ने हुने गरेको छ ।

पर्यटक बढेसँगै सिन्धुपाल्चोक र काभ्रेको सीमा गाउँ बन्देउदेखि रिसोर्टको सङ्ख्यामा समेत वृद्धि भएको छ । सुनकोसी र भोटेकोसी किनारामा र्याफ्टिङ सञ्चालन गर्ने रिसोर्ट बढेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime