Skip to content
Prabhu

बजेट सकारात्मक छ, कार्यान्वयनमा चुनौती छ : चेम्बर अध्यक्ष अग्रवाल

nabil

काठमाडौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बजेट सकारात्मक रहेको बताएका छन् । इकोनोमी मिडिया सोसाइटी (इम्सन) ले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को पोष्ट बजेट कार्यक्रम बोल्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् ।

बजेटमा कृषि, पर्यटन लगायतका कार्यक्रम आएको भन्दै यसले अर्थतन्त्र चलायमान बनाउनमा सहयोग गर्ने उनको भनाइ छ । राम्रा कार्यक्रमहरु हुँदा हुदै पनि यसको कार्यान्वयनमा चुनौती रहेको उनले बताए । ‘बजेटमा समावेश भएका कार्यक्रमहरु कार्यान्वयन गर्न सकियो भने अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्छ,’ उनले भने ।

यस्तै, उनले आन्तरिक राजस्वमा भने समस्या भएको बताए । भूतप्रभावी करको दायित्वको दवाव परिरहेकाले यसतर्फ ध्यान दिनुपर्नेमा उनको जोड थियो । त्यस्ता नीतिले व्यवसायी आतंकित भइरहेको अवस्थामा अर्थतन्त्र सुध्रन नसक्ने उनको भनाइ छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal