Skip to content
Prabhu

ऋण तिर्न ऋण नै लिनुपर्ने अवस्था छः पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

nabil

 

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक रुपले अहिले नेपालको अवस्था निकै गाह्रो अवस्थामा रहेको बताएका छन् । इकोनोमी मिडिया सोसाइटी (इम्सन) ले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१÷८२ को पोष्ट बजेट कार्यक्रम बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले अहिले ऋण तिर्न ऋण नै लिनुपर्ने अवस्था रहेको भन्दै अवस्था गाह्रो भएको बताएका हुन् ।

‘हाम्रोमा ऋण फिर्ता कमजोर रहेको छ । यसल हामीलाई आर्थिक वृद्धिमा समस्या भएको छ । भारतमा आर्थिक वृद्धिदर हुनुको कारण त्यहाँको निजी क्षेत्र पनि बलियो छ,’ उनले भने । त्यस्तै नेपालको राजस्व संकलनको अवस्था पनि निकै कमजोर रहेको उनको भनाइ छ । चालु आर्थिक वर्षमा साढे १० खर्ब मात्रै राजस्व संकलन हुने उनको टिप्पणी छ । ‘अहिलेसम्म ८ खर्ब ६७ अर्बको राजस्व संकलन भएको छ । यो अवस्थामा सरकारलाई थप समस्या हुन्छ,’ उनले भने ।

चालु आर्थिक वर्षमा ५० अर्ब अनुदान आउने अनुमान गरिएको भए पनि अहिले सम्म १५ अर्ब मात्रै अनुदान आएको छ । यसतर्फ पनि सरकारले सजगता अपनाउनु पर्ने उनको भनाइ छ । त्यस्तै टेजरी बिलको भुक्तानी गर्नु पर्ने अवस्था आएको उनको टिप्पणी छ । ‘भुकम्प पछि पाँच तारे होटल जस्ता विद्यालय बनायौँ तर विद्यार्थी छैन । यसमा प्रभावकारीता कसरी हुन्छ । प्रभाकरी हुने गरी बजेट सार्वजनिक गर्नु पर्ने हुन्छ,’ उनले भने ।

उनले पुनः फेरि बजेट ल्याउन पाइन्छ कि पाइदैन भन्ने डरमा सबै कार्यक्रम राख्ने गरेको उनको भनाइ छ । त्यस्तै बजेट भाषणमा सहकारीमा ५ लाख सम्म जम्मा गर्नेको रकम सरकारले तिर्ने भनिएको भए पनि रकम उल्लेख नगरिएको उनले बताए । ५ लाखसम्मका कति बचतकर्ता छन भन्ने तथ्यांकै नरहेको अवस्थामा समस्या हुने उनको भनाइ छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal