Skip to content

निगमले जहाज किन्न लिएको ३६ अर्ब कर्जा पुग्यो ५५ अर्ब ४ करोड

nabil bank

काठमाडौं । नेपाल वायुसेवा निगमले विमान खरिद गर्न लिएको ३६ अर्ब कर्जा अहिले बढेर ५५ अर्ब ४ करोड ७८ लाख पुगेको छ ।

भुक्तानी तालिकाबमोजिम उक्त रकम भुक्तानी गर्नुपर्दछ।

महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार नेपाल वायुसेवा निगमले ए-३२० तथा ए-३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ र २०७४ जेठ २८ गते कर्मचारी सञ्चय कोषबाट २२ अर्ब तथा नागरिक लगानी कोषबाट १२ अर्बसहित ३६ अर्ब कर्जा लिएको थियो ।

त्यो कर्जा भुक्तानी तालिकबमोजिम साँवा ब्याज भुक्तानी नगरेका कारण तिर्न बाँकी साँवा तथा ब्याज कर्मचारी सञ्चय कोषलाई ३१ अर्ब ३३ करोड ९२ लाख ६१ हजार र नागरिक लगानी कोषलाई २१ अर्ब १२ करोड १७ लाखसमेत ५५ अर्ब ४ करोड ७८ लाख पुगेको छ । भुक्तानी तालिकाबमोजिम उक्त रकम भुक्तानी गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi