काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको ८०० रुपैयाँले बढेर २ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ । आइतबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ९४ हजार रुपैयाँ थियो ।
यसैगरी, चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदीको मूल्य तोलाको २० रुपैयाँ घटेर ५ हजार ४० रुपैयाँ कायम भएको छ । आइतबारको बजारमा चाँदीको मूल्य तोलाको ५ हजार ६० रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्