Skip to content

हङकङमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

nabil bank

काठमाडौं । हङकङमा गैरआवासीय नेपाली संघ हङकङ युथ फोरमको आयोजनामा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

“रक्तदान गरौं, जीवन बचाऔं” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रम एचकेआरसीबीटीएसको प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो।

आयोजित सामाजिक सेवामूलक कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। मानव जीवन बचाउने उद्देश्यसहित गरिएको रक्तदान कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा एनसीसी कार्यक्रममा एनसीसी हङकङका अध्यक्ष अनु राई, उपाध्यक्ष कविता गुरुङ, युवा संयोजक मनोज गौतम, हङकङ जिल्ला परिषद सदस्य अरुणा गुरुङ, द नेपाली एसोसियसन हङकङका अध्यक्ष प्रदीप थापा, हङकङ नेपाली महासंघकी तत्कालीन अध्यक्ष रिता गुरुङ,  फिने अध्यक्ष सोयना ढकाल तथा एनआरएनए आइसिसीकी उपाध्यक्ष राधिका गुरुङ (टीका) लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक मनोज गौतमको संयोजनमा सम्पन्न रक्तदान कार्यक्रममा पहिलो दिनमा ४०–४५ जनाले रक्तदान गरेका छन् । बाँकी इच्छुक रक्तदाताहरूलाई आगामी २४ मे २०२६ मा रक्तदान गराइने गरी नाम दर्ता गरिएको छ।

संयोजक गौतमले यस्तो मानवीय कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै संघसंस्था, स्वयंसेवक तथा सहभागीप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi